बाँके र बर्दियामा थप ५ जनामा देखिएको कोरोना संक्रमण

0
Shares


दाङ, ११ जेठ ।  बाँके र बर्दिया जिल्लामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा थप पाँच जनामा संक्रमण देखिएको हो ।

संक्रमितहरु बर्दियाका एक जना र बाँके जिल्लाका चारजना रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए । उनका अनुसार बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका ५ निवासी २४, २३, २३ र १६ वर्षका पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो।

यस्तै बर्दिया जिल्ला बासगढी ९ निवासी २५ बर्षीय एक पुरुषमा पनि कोरोना पोजिटिभ देखिएको छ। प्रतिष्ठानमा आइतबार बर्दियाका १०० र बाँकेका १२९ जना गरी २२९ जनाको स्वाब पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यो संगै संक्रमितको संख्या ६०८ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *