काठमाडौँको ३ सहित ६७ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौँ, १२ जेठ । काठमाडौँ सहित अन्य नौँ जिल्लामा थप ६७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नयाँ संक्रमित थपिएका जिल्लाहरुमा धनुषा, कपिलवस्तु, काठमाडौँ, रौतहट, सप्तरी, बारा, बर्दिया, बाँके र दैलेख रहेका छन् ।

नयाँ संक्रमण देखिएकाहरुमा काठमाडौं टोखा नगरपालिका ३ र ६ का २७ र ४१ वर्षका पुरुष रहेका छन् । यस्तै काठमाडौँ बुढानिलकण्ठ नगरपालिका ३ का ३७ वर्षका पुरुषलाई पनि कोरोना संक्रमण देखिएको छ ।

उता धनुषा नगाइन नगरपालिका ३ का ३०,३१ र ४५ वर्षका पुरुषहरु र कपिलवस्तु शिवराज नगरपालिकाका ४,५ र ६ का बर्ष १९, २० र २३ का पुरुषहरुमा पनि संक्रमण देखिएको छ ।

यस्तै बाराका २ ,रौतहट राजपुर फरहदवा २,६,८ र इशनाथ २ का १८ वर्षदेखि ५३ वर्षउमेर सम्मका २६ जना पुरुष, सप्तरी डाक्नेधरीका २२ ,२४ वर्षका पुरुष,बारा गढीमाई नगरपालिकाका १८ देखि ५९ वर्षउमेरका २१ जना पुरुष, दैलेख नारायण नगरपालिका ढुंगेधर गाउँपालिका ४ जना पुरुष र एक महिला तथा दैलेखकै गुराँस गाउँपालिकाका २ जना पुरुषलाई कोरोना भाइरस रोगको संक्रमण भएको छ ।

यो संगै देशभर हालसम्म ६७५ जनामा कोरोना पुष्टि भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *