पछिल्लो २४ घण्टामा २८८ जनामा देखियो कोरोना संक्रमण, कुल संक्रमितको संख्या २ हजार ९९ पुग्यो

काठमाडौँ, २०जेठ । पछिल्लो २४ घण्टामा देशभर २८८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता विकास देवकोटाले अहिलेसम्म ६१ वटा जिल्लामा संक्रमण देखिएको बताए ।

गत २४ घण्टामा देखिएका संक्रमित मध्ये २७० जना पुरुष र १५ जना महिला रहेका छन् ।

हालसम्म कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । जसमा पुरुष १ हजार ९४५ जना र महिला १५० रहेको समेत डा देवकोटाले जानकारी दिए ।

डा देवकोटाले मंगलवारसम्म २६६ जना कोरोना परास्त गरी अस्पतालबाट डिस्चार्ज भएको समेत बताए । जसमा २१२ पुरुष र १४ जना महिला छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट ८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी हालसम्म देशभरका विभिन्न अस्पतालमा १ हजार ८२५ जना उपचाररत छन् । सबैको स्वास्थ्य सामान्य रहेको पनि डा देवकोटाले जनानकारी गराए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *