त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गरेको ४५ दिनको शिशुमा कोरोना संक्रमण

फाइल फोटो

काठमाडौँ, १६ असार । त्रिवि शिक्षण अस्पतालमा सोमबार शल्यक्रिया गरेको ४५ दिनको शिशुमा कोरोना संक्रमण देखिएको छ । शल्यक्रिया गर्नु अघि संकलन गरेको थ्रोट स्वावको शिक्षण अस्पतालमै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोरोना युनिटका संयोजक डा शान्तकुमार दासले बताए ।

म्याग्दी स्थायी घर भई उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएका उक्त शिशुलाई स्वास प्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए ।

‘श्वासप्रश्वासमा समस्या देखियो । त्यसैले रिपोर्ट पर्खिनका लागि समेत हामीसंग समय भएन । त्यसैले आवश्यक सबै सुरक्षा सतर्कता अपनाएर शल्यक्रिया ग¥यौँ । तर आज विहान रिपोर्ट पोजेटिभ आयो,’ डा. दासले भने ।

उनले पोजेटिभ रिपोर्ट आएपनि आवश्यक सुरक्षा सतर्कता अपनाइएकोले शल्यक्रियामा सहभागी कोही पनि आइसोलेसनमा बस्नु नपर्ने दावी गरे ।

उता ललितपुरको मेडिसिटी अस्पतालमा शल्यक्रिया गर्न पुगेको २ बर्षीय बालकमा पनि कोरोना पोजेटिभ देखिएको थियो । शल्यक्रिया गर्नु अघि पीसीआर जाँच गराउँदा उनमा कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएको हो ।

ललितपुर स्थायी ठेगाना भएका उक्त बालकको कुनै ट्रावल हिस्ट्री नभएको र कसैको सम्पर्कमा नपुगेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाबासीलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *