ह्याम्स अस्पतालमा उपचाररत दुई जनामा बिरामीमा कोरोना संक्रमण

0
Shares

काठमाडौँ, २३ जेठ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना अपडेटका क्रममा कोरोना संक्रमितहरुमध्ये ६० र ७६ बर्षका दुई जना विरामी काठमाडौँको एक निजी अस्पतालमा उपचाररत भएको बताएका थिए ।

ती दुबै ह्याम्स अस्पतालमा उपचाररत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतले जानकारी दिएको छ । ‘गुल्मीका ७६ बर्षका र पोखराका ६० बर्षका दुई बिरामी ह्याम्समा उपचाररत हुनुहुन्छ । उहाँहरुमा संक्रमण देखिएको हो,’ ईडिसीडी स्रोतले भन्यो ।

ह्याम्सका डाक्टर हेमराज पनेरुले औपचारिक रिपोर्ट आइनसकेको र रिपोर्ट आएपछि गर्नुपर्ने सबै तयारीमा आफूहरु अपडेट रहेको बताए ।
पछिल्लो २४ घण्टामा देशभर २७८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *