जारी लकडाउन ३२ जेठसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौँ, १७ जेठ । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले जारी लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिवार बसेको मन्त्रिपरिषदको बैठकले २० जेठपछि सकिदै गरेको लकडाउनलाई थप १२ दिन लम्व्याउने निर्णय गरेको हो ।

यद्धपी लकडाउनको मोडालिटी भने हेरफेर हुने बताइएको छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने भनिएको छ ।

यस्तै बैठकले हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन १६ असारसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले कोरोना संक्रमणबाट जोगाउन ११ चैत देखि लकडाउन शुरु गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *