कोरोना संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु

काठमडौँ, १४ जेठ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ । बुधबार बेलुका ग्वार्कोस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा ललितपुर महानगरपालिका – २२ का ५७ बर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले मृत्यु भएका व्यक्तिको बुधबार नै कोरोना परीक्षण रिपोर्ट आएको र सो पोजेटिभ भएको जानकारी दिए ।

आज मृत्यु भएका व्यक्ति कलेजो सम्वन्धी समस्या थियो । परिवारले गत ११ जेठमा पाटन अस्पतालमा पर्‍याए पनि आइसीयू उपलव्ध नभएपछि उक्त अस्पतालले किष्टमा रेफर गरेको थियो ।

किष्टले गत १२ जेठमै कोरोना जाँचका लागि नमूना संकलन गरी पठाएको थियो । रिपोर्ट आजै आयो र व्यक्तिको पनि ज्यान गयो । यद्धपी कोरोनाबाट मृत्यु भएको भनेर औपचारिक घोषणा भने हुन बाँकी छ ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *