काठमाडौँमा ३०० शैय्याको छुट्टै सरुवा रोग अस्पताल, प्रदेशमा ५० शैय्याका

0
Shares

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक बर्ष भित्र काठमाडौँ उपत्यकामा ३०० शैय्याको छुट्टै सरुवा रोग अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउने भएको छ ।

यस्तै सातवटै प्रदेशमा ५० शैय्याका त्यस्तै अस्पताल सञ्चालनमा ल्याउने भएको हो ।

अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा सो जानकारी दिएका हुन् ।

उनले काठमाडौँ उपत्यका र प्रदेशका राजधानीका सरुवा रोग अस्पतालमा थप २५० शैयाका आइसीयू बेड स्थापना गर्ने समेत बताए ।

यस्तै बजेटमा पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी नारायणी भरतपुर, भेरी र डडेल्धुरा अस्पतालको स्तरोन्नती गरी विशेषज्ञ अस्पतालको रुपमा विकास गर्दै लगिने समेत उनले जानकारी दिए । त्यसका लागि स्वास्थ्य पूर्वाधार विकास शीर्षकमा १२ अर्व ४६ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

कोरोना संक्रमण बढेसंगै सरकारले सरुवा रोग स्थापना र स्वास्थ्य संस्था प्रवर्धनका कार्यक्रमलाई प्राथमिकता दिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *