पत्रपत्रिकामा स्वास्थ्य

डेंगुको महामारी : ७० हजारलाई संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ, २२ भदौ । पछिल्लो समय प्रकोपका रूपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् ।

भक्तपुरको दुवाकोटमा बन्छ कि बन्दैन् वीर अस्पताल ?

भक्तपुर १८ भदौ । काठमाडौँको महाबौद्धमा रहेको वीर अस्पताल बिस्तार गरी भक्तपुरको दुवाकोटमा १ हजार ५ सय शैय्याको अस्पताल बनाउने सरकारको निर्णय अन्योलमा परेको छ ।

चिकित्सा शिक्षा आयोगका पदाधिकारी पर्खंदै छन् ‘लग्जरियस’ गाडी

काठमाडौँ, १६ भदौ । चिकित्सा शिक्षा आयोगका पदाधिकारीको अत्तोपत्तो छैन तर उनीहरुका लागि भनेर किनिएका आठ वटा गाडी डेढ महिना देखि थन्किएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलनः सत्तापक्ष Vs प्रतिपक्ष !

काठमाडौँ, १५ भदौ । दाङ  घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्यक्ष रूपमा दलगत राजनीति सुरु भएको छ । उपकुलपति डा. संगीता भण्डारीको राजीनामा माग्दै सुरु भएको आन्दोलनको पक्षमा नेकपा उभिएको छ भने कांग्रेस विपक्षमा ।

सिंगापुरमा प्रधानमन्त्री ओलीको उपचार : सात पटक प्लाज्माफेरेसिस गरिने

काठमाडौँ, १० भदौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मृगौलासम्बन्धी एन्टिबडी’ को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ । बिहीबार सिंगापुर

समायोजनको असर : डाक्टर विहीन हुँदै सुदूरपश्चिम प्रदेश

काठमाडौँ, ३२ साउन । समायोजनसँगै सुदूरपश्चिम प्रदेशका अस्पताल डाक्टरविहीन हुन थालेका छन्। नवौं, दसौं र एघारौं तहका अधिकांश डाक्टरले संघ रोजेका छन्।

डाबरका औषधिमा उच्च आर्सेनिक

काठमाडौँ, १५ साउन । झापाका ३६ वर्षे वेदप्रसाद शर्मा पेसाले कविराज हुन् । आयुर्वेदिक औषधिबारे आफैं जानकार छन् । करिब ४ वर्षअघि ढाड दुख्न थालेपछि उनले अर्का आयुर्वेदिक डा. सिद्धार्थ ठाकुरको सल्लाह लिए ।

चिकित्सा शिक्षा आयोगको कार्यकारी प्रमुखका लागि अझै परेन आवेदन

काठमाडौँ, २० असार । चिकित्सा शिक्षालाई व्यवस्थित बनाउन भन्दै गठित शक्तिशाली चिकित्सा शिक्षा अयाोगको कार्यकारी प्रमुखमा आवेदन खोलिएको ११ दिनसम्म एक जनाको पनि आवेदन परेको छैन ।

स्वास्थ्य कार्यालयबाट पठाएको निशुल्क औषधि स्वास्थ्य चौकीमा पुग्दा म्याद गुज्रियो

काठमाडौ, ८ असार । जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहतका स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि पठाएको छ । नौबहिनी गाउँपालिका–८ स्थित फोप्ली स्वास्थ्य चौकीमा सुत्केरीको रक्तस्राव रोक्न प्रयोग हुने अक्सिटोसिन इन्जेक्सन म्याद गुज्रिसकेको अवस्थामा आइपुगेको स्वास्थ्य चौकीका प्रमुख विनोद शाहले बताए ।

एक्सरे गर्न अस्पताल जाने बिरामीले जेनेटर आफै लानुपर्ने ?

डोल्पा, १६ बैशाख । उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ। जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन्।