आयोगद्धारा नर्सिङ प्रवेश परीक्षाको नतिजा सार्वजनिक

0
Shares

काठमाडौँ, ६ मसिर। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षा अन्तर्गत बीएस्सी नर्सिङको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार गत कात्तिक १६ गते सञ्चालन गरेको बीएस्सी नर्सिङ तथा बीएस्सी मिडवाइफ्री समूहमा २२ हजार २६८ जनाले आवेदन दिएकोमा २१ हजार ५३४ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।  ७३४ जना परीक्षामा अनुपस्थित भएका थिए ।

आयोगका अनुसार नर्सिङ तथा मिडवाइफ्री समूहमा १० हजार ८०५ जना योग्य रहेका छन् ।

यस समूहको कटअफ स्कोर ४८ रहेको छ भने परीक्षामा सबैभन्दा बढी १८१ अङ्क प्राप्त भएको छ ।

यस वर्ष बीएस्सी नर्सिङ अध्ययनका लागि दुई हजार ६४० र बीएस्सी मिडवाइफ्रीका लागि ४० गरी कुल दुई हजार ६८० सिट निर्धारण गरिएको छ । परीक्षामा सहभागी विद्यार्थीको सङ्ख्याका आधारमा उपलब्ध सिटभन्दा प्रतिस्पर्धीको सङ्ख्या करिब आठ गुणा बढी देखिएको छ ।

बीएएसएलपीमा १४५ जना परीक्षामा सहभागी भएकामा १६ सिट रहेको छ । यसको कटअफ ६१.७५ र उच्चतम प्राप्ताङ्क १६५.२५ छ ।

त्यस्तै ब्याचलर इन पर्फ्युजन टेक्नोलोजीमा १०४ जना सहभागी भएकामा एक सिट मात्रै निर्धारण गरिएको छ । यसको कटअफ ७३.७५ र उच्चतम प्राप्ताङ्क १७६.२५ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *