महिनावारीका चार दिन ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्न नपर्ने

मापसे लगायत ट्राफिक नियम उल्लंघन गर्नेले स्वयंसेवकको रुपमा सघाउनु पर्ने
80
Shares

काठमाडौँ, १५ जेठ । महिला ट्राफिक प्रहरीले महिनावारीका बेला सडकमा डिउटी गर्न नपर्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारीका चार दिन ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा मंगलबार उनले उक्त घोषणा गरेका हुन्।

गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास, अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा ड्युटी गर्नु पर्दैन।’

गृहमन्त्री लामिछानेका अनुसार मापसेलगायत ट्राफिक नियम उल्लंघन कारबाहीमा परेकाहरूले स्वयं‌सेवकका रूपमा महिला ट्राफिक प्रहरीको सट्टामा काम गर्नेछन्।

गृहमन्त्री लामिछानेको यो कदमलाई सामाजिक सञ्जालमा धेरैले सेयर गर्दै सराहाना समेत व्यक्त गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *