राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखियो

108
Shares

काठमाडौँ, ५ असार । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेस मेकर राखिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेस मेकर राखिएको हो ।

सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले मंगलबार दिउँसो एक विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेललाई ७२ घन्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि स्थायी प्रेसमेकर राखिएको जानकारी दिए ।

गजुरेलका अनुसार अहिले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

राष्ट्रपति पौडेल मुटुमा समस्या भएपछि गत मंगलबार शहीद गङ्गालाल हृदयरोग केन्द्रमा एन्जियोग्राम गरि बुधबार डिस्चार्ज भएका थिए ।

डिस्चार्ज भएको केही दिनमै उनलाई पुन: महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *