पाँच वर्षभित्रमा सबै विपन्नको निःशुल्क उपचार गर्ने ब्यबस्था गर्छौ : स्वास्थ्यमन्त्री बस्नेत


काठमाडौँ, ३१ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ५ वर्षभित्रमा सबै विपन्न तथा  गरिबको निःशुल्क उपचार गर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले गरिब तथा न्यून आएका व्यक्तिहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्ने नीति बनाउने बताएका हुन्।

मन्त्री बस्नेतले संविधानले स्वास्थ्य शिक्षाको विषय निःशुल्क भने पनि व्यवहारमा निःशुल्क हुन नसकिरहेको अवस्थामा मन्त्रालयले गरिब तथा बेवारिसे अवस्थामा पुगेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उल्लेख गरेका हुन् ।

उनले गरिब, बेवारिसे नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्न थालेको बताउँदै सरकारी र प्राइभेट अस्पतालले १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने कुरालाई कार्यान्वयनमा लगेको पनि जानकारी दिएका छन् ।

त्यस्तै उनले सुर्तीजन्य सामग्रीमा अझै करको मात्रा बढाएर ५ वर्षमा सबै नेपालीको निःशुल्क उपचारको व्यवस्था गर्न सकिनेबारे गृहकार्य गरिरहेको जानकारी दिए ।

उनले एसियाका अरू देशको तुलनामा नेपालमा सुर्तीजन्य बस्तुमा करको मात्रा थोरै रहेको बताउँदै करको मात्रा बढाएर त्यसबाट आउने रकमको छुट्टै कोष बनाएर ५ वर्ष भित्रमा सबै विपन्न गरिबको उपचार गर्न सकिने पनि उल्लेख गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *