नेशनल बाथरोग सेन्टरले दशौँ बार्षिकोत्सव मनायो


काठमाडौँ, २३ जेठ । रातोपुलस्थित नेशनल बाथ रोग सेन्टरले दशौँ बार्षिकोत्सव मनाएको छ । सो अवसरमा उसले आगामी पाँच वर्षका ६ बुँदे योजना सार्वजनिक गरेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले विगतमा भएका कामहरुको विवरण सुनाउँदै आगामी पाँच वर्षमा गरिने ६ बुँदे कामको योजना बताए ।

उनका अनुसार नयाँ योजनाहरुमा बाथरोग सेन्टर विस्तारको कामलाई निरन्तरता दिदै आगामी पाँच वर्ष भित्र थप ७ वटा जिल्लामा सेवा विस्तार गर्ने रहेको छ । यस्तै जनचेतना अभिवृद्धि गर्नका लागि बाथरोगको जनचेतना घरघरमा पुर्‍याआँै सामाजिक उत्तरदायित्व पुरा गरौं नारा तय गरी बाथ नियन्त्रणको लागि समुदायसम्म पुर्‍याउने अर्को योजना रहेको छ ।

यसैगरी नर्सिङ दक्ष जनशक्ति तयार पार्नका लागि नर्सहरुलाई बाथ रोग सम्बन्धी नर्सिङ शिक्षा तालिम शुरु गर्ने पनि सेन्टरले योजना बनाएको छ ।

दुर्गम भेगमा बाथरोग सम्बन्धी सेवा विस्तार गर्न सम्बन्धित जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिने, प्रशिक्षण दिने, स्थानीयसँग सहकार्य गर्नका साथै रोग निदानका लागि निरीक्षण गर्न, नयाँ प्रविधिलाई आत्मसात गर्दै थर्मोग्राफी सेवाको शुरुवात गर्ने र भौतिक संरचना विस्तारका क्रममा हस्पिटल मोडालिटीमा अगाडि बढेको र भवन निर्माण भइरहेको। डेढ वर्षभित्र नयाँ भवनबाट सेवा सुरु हुने। यो नेपालकै पहिलो बाथ रोग अस्पताल हुने योजना रहेको समेत उनले सुनाए ।

कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले सेन्टरले दिएको सेवा प्रति खुशी व्यक्त गर्दै उपचार साथै रोग लाग्न नदिने प्रयासमा पनि यस्ता संस्था लाग्नु पर्ने बताए । उनले भने, ‘खानपान र व्यायाम गर्ने हो भने धेरै रोगबाट जोगिन सकिन्छ। आहार, बिहार र शारीरिक व्यायममा जोड दिने सके धेरै फाइदा हुन्छ,  त्यसकारण दैनिक कम्तीमा एक घण्टा समय आफैंलाई दिनुपर्छ। रोग लाग्नै नदिने उपायमा जोड दिनुपर्छ। रोग लागिसकेको अवस्थामा सेन्टर लगायतका अस्पतालले सेवा दिने हो। त्यसकारण सेन्टरले पनि जनचेतना फैलाउने काम गर्नुपर्छ।’

सो अवसरमा उनले १० प्रतिशत शैय्या विपन्नका लागि छुट्याउनु पर्ने नियमको स्वास्थ्य संस्थाहरुले पालना गर्नु पर्ने समेत बताए ।

कार्यक्रममा कार्यक्रममा वरिष्ठ बाथरोग विशेषज्ञ डा विनित बैद्यले नेपालमा ३० लाख हाराहारीमा बाथ रोगका बिरामी रहेको जानकारी दिँदै केन्द्रले गत वर्ष करिब तीन प्रतिशत बाथ रोगका बिरामीलाई सेवा दिएको बताए।

‘कुल जनसंख्याको करिब १० प्रतिशतमा बाथ रोग रहेको विश्व स्वास्थ्य संगठनको अनुमान छ। त्यो आधारमा हेर्दा नेपालमा ३० लाख नेपालीमा बाथ रोग हुनसक्ने अनुमान गर्न सकिन्छ,’ उनले भने, ‘तर उपचारको दायरामा अझै धेरै नागरिक आउन सकेका छैनन्। त्यसकारण सरकारले पनि यसमा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ।’

सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले नेशनल बाथरोग सेन्टरले सञ्चालन गर्न लागेको थर्मोग्राफी सेवाको शुभारम्भ गरे । यो मेसिनले हड्डीको दुखाई पत्ता लगाउन सहयोग पुग्ने बताइएको छ ।

बाथरोगको उपचारका लागि सन् २०१२ मा रातोपुलमा सेन्टर खोली शुभारम्भ गरेको यस सेन्टरले अहिलेसम्म झापाको बिर्तामोडमा, चितवन, बुटवल, दाङको तुलसीपुर, पोखरा, ललितपुर र भक्तपुरबाट सेवा दिइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *