स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाईको प्रमुखमा डा. राधिका थपलिया

564
Shares

काठमाडौँ, १८ बैशाख ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाईको प्रमुखको जिम्मेवारी डा. राधिका थपलियाले पाएकी छन् ।

उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गत विहीबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. थपलियालाई सो जिम्मेवारी दिएका हुन् ।

यसअघि सो इकाईको प्रमुख डा. प्रकाश बुढाथोकी थिए ।

डा.  थपलिया भने लामो समय देखि जिम्मेवारी विहीन थिईन् ।

मन्त्रालयका प्रवक्ता समेत रहेका डा बुढाथोकीले १३ बैशाखको मन्त्रीस्तरीय निर्णयबाट डा. थपलियाले नयाँ जिम्मेवारी पाएको पुष्टि गरे ।

डा. थपलियाले एचईओसी प्रमुख भएपछि आफ्नो जिम्मेवारीमा अब मन्त्रालयको प्रवक्ता र केन्द्रीय कारागार अस्पताल प्रमुखको जिम्मेवारी मात्रै रहेको डा. बुढाथोकीले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *