कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री बने वीरबहादुर शाही

44
Shares

काठमाडौँ, १८ वैशाख । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही नियुक्त भएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मंगलबार सरकार विस्तार गर्दै माओवादीका तर्फबाट शाहीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका हुन् । उनले  माओवादीका ३ र एमालेका २ जना  र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री कँडेलले माओवादीबाट कालिकोटका दुर्गबहादुर रावतलाई उद्योग वन तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका छन् । रुकुम पश्चिमका महेन्द्र केसीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यस्तै यसअघि बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका रणसिंह परियारले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री कँडेलले एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोद कुमार शाहलाई नियुक्त गरेका छन् । उनले सांसद गोमता विकलाई भौतिक राज्यमन्त्री बनाएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैंले राखेका छन्

उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *