मेडिकल काउन्सिलको प्रशासन प्रमुख छाडेर बुढानीलकण्ठको उपप्रमुखमा उठेकी लामा बिजयी
काठमाडौं, ४ जेठ । स्थानीय तह निर्वाचनका लागि नेपाल मेडिकल काउन्सिलको प्रशासन प्रमुखबाट राजिनामा दिई नेकपा एमालेको तर्फबाट बुढानीलकण्ठ नगरपालिकाको उपप्रमुख पदमा उम्मेद्धारी दिएकी अनिता लामा बिजयी भएकी छन् ।
केही बेर अघि सम्पन्न मतगणनामा लामाले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसको तर्फबाट उम्मेद्धार बनेकी रमिला बाग्लेलाई पराजित गरेकी हुन् ।
उपप्रमुख पदमा लामाले कुल १४ हजार ३१४ मत ल्याई बिजयी हुँदा बाग्लेले ११ हजार ९७२ मत मात्रै प्राप्त गरिन ।
सो नगरपालिकामा प्रमुख र अधिकांश वडा अध्यक्षमा पनि एमालेका उम्मेद्धार निर्वाचित भएका छन् । प्रमुखमा १४२५० मत ल्याएर मिठाराम अधिकारी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११५१२ मतमा रोकिएका थिए ।
उम्मेद्धार बन्नु अघि लामाले १७ वर्ष लामो काउन्सिलको जागिर छाडेकी थिईन् ।
सम्पर्क इमेल : [email protected]