नेपाल चिकित्सक संघका पूर्व अध्यक्षद्धयद्वारा काँग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी

स्वास्थ्य क्षेत्रका को कोले कुन कुन पदमा दिए उम्मेदवारी ?
0
Shares

काठमाडौँ, २१ असोज । नेपाली काँग्रेसको जारी १५ औँ राष्ट्रिय महाधिवेशनमा नेपाल चिकित्सक संघको नेतृत्व गरेका दुई जना बरिष्ठ चिकित्सकले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएका छन् । पूर्व अध्यक्षद्वय डा अञ्जनीकुमार झा र डा मुक्तिराम श्रेष्ठले काँग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

मंगलबार अधिवेशनको निर्वाचन समिति राखिएको राष्ट्रिय सभागृह पुगेर डा झाले मधेश भुगोल तर्फबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन् । डा श्रेष्ठले भने खुल्लाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । पार्टीलाई बलियो एकतावद्ध र जनताको विश्वास जित्ने पार्टी बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

काँग्रेसको विशेष महाधिवेशन पछिको यो पन्ध्रौँ महाधिवेशनलाई चासो पूर्वक हेरिएको छ ।

अध्यक्ष पदमा गगन थापासहित तीन जनाको उम्मेदवारी परेको छ । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापा विशेष महाधिवेशनबाट अध्यक्ष भईसकेका हुन् ।

पार्टीमा स्वास्थ्य क्षेत्रसंग जोडिएका अरु केही व्यक्तिहरुले पनि उम्मेदवारी दिएका छन् ।

पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । मेडिकल व्यवसायी सुनील शर्माले पनि महामन्त्री पदमा उम्मेदवारी दिएका छन् । युवा डाक्टर सन्तोष उपाध्यायले पनि महामन्त्री पदमा आफ्नो उम्मेदवारी दिएको जनाएका छन् ।

यस्तै नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। मेडिकल व्यवसायी खुमा अर्यालले केन्द्रीय सदस्य (खुल्ला) मा आफ्नो उम्मेदवारी दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *