औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई

2.6k
Shares

काठमाडौँ २७ पुस । औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईले पाएका छन् । करीव साढे तीन महिना अघि विभागबाट राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशक बनाइएका भट्टराई पुन विभागमा फिर्ता भएका हुन् ।

भट्टराई महानिर्देशक बन्दा विभागका महानिर्देशक रहेका नारायण प्रसाद ढकाल प्रयोगशाला प्रमुख बनाएर पठाइएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए ।

सचिवका अनुसार राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा श्रीराम तिवारीलाई पठाइएको छ । केन्द्रीय कारागार अस्पतालका राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रकी निर्देशक डा सुधा देवकोटालाई पठाइएको छ । एड्स रोग नियन्त्रण केन्द्रमा नारायणी अस्पतालका निर्दैेशक डा सञ्जय ठाकुरलाई ल्याइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *