बिरामी युवतीको गोप्य अंग छोएको आरोप लागेका स्वास्थ्यकर्मी थापा माथि करणी सम्वन्धी कसुरमा अनुसन्धान हुँदै

88
Shares

नेपालगञ्ज, १९ असोज । बिरामी  युवतीको  गोप्य अंग छोएको/चलाएको आरोप लागेका बाँके कोहलपुर नगरपालिका वडा नं ११ स्थित रेडक्रस रोडमा रहेको थापा पोलिक्लिनिकका सञ्चालक गणेशबहादुर थापामाथि प्रहरीले करणी सम्वन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

गत १७ असोजका दिन चेक जाँचका लागि पुगेकी युवतीले आफूमाथि क्लिनिक सञ्चालक थापाले यौन दुव्यवहार गरेको आरोप लगाएकी थिईन । उनले जाँच गरेर फर्केको केही समय पछि थप मान्छेहरुसहित आएर क्लिनिकमा रहेका थापाको गालामा चडकन समेत दिएकी थिईन ।

६३ वर्षीय थापाले भने आफूले त्यस्तो कुनै कार्य नगरेको बताउँदै आएका छन् ।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि पिडित भनिएकी युवतीले जिल्ला प्रहरी कार्यालयमा करणीसम्वन्धी जाहेरी दिएकी थिईन । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले थापालाई नियन्त्रणमा लिएको हो ।

आइतबार जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले थापालाई जिल्ला अदालतबाट करणी सम्वन्धी कसुरमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको बताए ।

प्रहरीले उनीमाथि इलाज गर्न इजाजत प्राप्त नभएको र उनको कार्यलाई नेपाल मेडिकल काउन्सिल कोड अफ इथिक्स एण्ड प्रोफेसनल कन्डक्ट २०१७ मा भएको व्यवस्थाको विपरित रहेको समेत जनाएको छ ।

थापा सीएमएको प्रमाणपत्र प्राप्त पोलिक्लिनिक सञ्चालक रहेको बताइएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *