औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई

काठमाडौँ २७ पुस । औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईले पाएका छन् । करीव साढे तीन महिना अघि विभागबाट राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशक बनाइएका भट्टराई पुन विभागमा फिर्ता भएका हुन् ।

भट्टराई महानिर्देशक बन्दा विभागका महानिर्देशक रहेका नारायण प्रसाद ढकाल प्रयोगशाला प्रमुख बनाएर पठाइएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए ।

सचिवका अनुसार राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा श्रीराम तिवारीलाई पठाइएको छ । केन्द्रीय कारागार अस्पतालका राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रकी निर्देशक डा सुधा देवकोटालाई पठाइएको छ । एड्स रोग नियन्त्रण केन्द्रमा नारायणी अस्पतालका निर्दैेशक डा सञ्जय ठाकुरलाई ल्याइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *