धरानमा थप एक जनामा देखिएको कोरोना संक्रमण, कुल संक्रमित ४८ पुग्यो
काठमाडौँ, ११ बैशाख । धरानमा थप एक जनामा कोरोना भाइरस ंसंक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार संक्रमित व्यक्ति २६ बर्षीय पुरुष हुन् ।
उनी भोजपुर हथुवागढीको भएको बुझिएको छ । यद्धपी विस्तृत विवरण आइनसकेको डा अधिकारीले बताए ।
आज बेलुका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ती व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
यो संगै आज मात्रै ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । भने कुल संक्रमितको संख्या ४८ पुगेको छ । उपचार पछि निको हुनेको संख्या १० पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



