धरानमा थप एक जनामा देखिएको कोरोना संक्रमण, कुल संक्रमित ४८ पुग्यो

काठमाडौँ, ११ बैशाख । धरानमा थप एक जनामा कोरोना भाइरस ंसंक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार संक्रमित व्यक्ति २६ बर्षीय पुरुष हुन् ।

उनी भोजपुर हथुवागढीको भएको बुझिएको छ । यद्धपी विस्तृत विवरण आइनसकेको डा अधिकारीले बताए ।

आज बेलुका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ती व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

यो संगै आज मात्रै ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । भने कुल संक्रमितको संख्या ४८ पुगेको छ । उपचार पछि निको हुनेको संख्या १० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *