डडेल्धुरा अस्पतालको आइसोलेसनमा भर्ना गरिएका दुईजना भागे

320
Shares

डडेल्धुरा ३० चैत । कोरोना भाइरसको आशंकामा डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका दुईजना व्यक्ति भागेका छन्।

तीन दिनअघि अस्पतालमा भर्ना भएका उनीहरू अस्पताललाई जानकारी नदिइ शनिबार दिउँसो भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए। ‘दुबै जनाको स्वास्थ्य अवस्था सामान्य थियो । स्वाव परीक्षणका लागि पठाइसकेका थियौँ । एक दिन बसेर रिपोर्ट पर्खेका भए पनि हुन्थ्यो । तर उनीहरु भागे,’ डा विष्टले भने ।

अस्पतालबाट भागेका उनीहरूहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका व्यक्ति हुन्। उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको बताए । उनीहरूको खोजीका लागि खबर पाउने बेलादेखि नै प्रहरी परिचालन गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *