डडेल्धुरा अस्पतालको आइसोलेसनमा भर्ना गरिएका दुईजना भागे

डडेल्धुरा ३० चैत । कोरोना भाइरसको आशंकामा डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका दुईजना व्यक्ति भागेका छन्।

तीन दिनअघि अस्पतालमा भर्ना भएका उनीहरू अस्पताललाई जानकारी नदिइ शनिबार दिउँसो भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए। ‘दुबै जनाको स्वास्थ्य अवस्था सामान्य थियो । स्वाव परीक्षणका लागि पठाइसकेका थियौँ । एक दिन बसेर रिपोर्ट पर्खेका भए पनि हुन्थ्यो । तर उनीहरु भागे,’ डा विष्टले भने ।

अस्पतालबाट भागेका उनीहरूहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका व्यक्ति हुन्। उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको बताए । उनीहरूको खोजीका लागि खबर पाउने बेलादेखि नै प्रहरी परिचालन गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *