स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली मनमोहन अस्पतालमा भर्ना

1.5k
Shares

काठमाडौँ, १४ चैत । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । उनलाई विहीबार राती देखि महाराजगञ्जस्थित मनमोहन कार्डियोजोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

अस्पताल स्रोतका अनुसार उनको मुटुको चालमा गडबडी भएको थियो । ‘टाउको दुख्ने असहज महसुस हुने समस्या देखिएपछि उनलाई विहीबार राती १० बजेतिर मनमोहन पुरयाइएको थियो । परीक्षणका क्रममा उनको मुटुको चालमा गडबडी भएको पाइएको थियो । अहिले ठिक भइसकेको छ । सम्भवत आजै डिस्चार्ज हुनुहुनेछ,’ अस्पताल स्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा गत २१ फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । अहिले उनी बालुवाटारमै बसेर स्वास्थ्य लाभ गरिरहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *