स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली मनमोहन अस्पतालमा भर्ना

काठमाडौँ, १४ चैत । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । उनलाई विहीबार राती देखि महाराजगञ्जस्थित मनमोहन कार्डियोजोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

अस्पताल स्रोतका अनुसार उनको मुटुको चालमा गडबडी भएको थियो । ‘टाउको दुख्ने असहज महसुस हुने समस्या देखिएपछि उनलाई विहीबार राती १० बजेतिर मनमोहन पुरयाइएको थियो । परीक्षणका क्रममा उनको मुटुको चालमा गडबडी भएको पाइएको थियो । अहिले ठिक भइसकेको छ । सम्भवत आजै डिस्चार्ज हुनुहुनेछ,’ अस्पताल स्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा गत २१ फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । अहिले उनी बालुवाटारमै बसेर स्वास्थ्य लाभ गरिरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *