प्रत्यारोपण गर्नु अघि : मिर्गौला दाता भान्जी समिक्षा र ग्रहणकर्ता प्रधानमन्त्री ओली (फोटो फिचर)

688
Shares

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । उनलाई भान्जी समिक्षा संगौलाले मिर्गौला दान गरेकी हुन् ।

प्रत्यारोपण आज विहान १० बजे देखि शुरु भएको थियो । दिउसो ३ बजे तिर सकिएको चिकित्सकहरुले जनाएका थिए । उनीहरुले प्रत्यारोपण निकै राम्रो भएको समेत प्रतिक्रिया दिएका छन् ।

स्वदेशकै सरकारी अस्पतालमा दोस्रो पटक प्रत्यारोपण गराउने निर्णय लिएको आम सर्वसाधारले प्रधानमन्त्री ओलीको प्रशंसा गरेका छन् । उता चिकित्सकहरु समेत उच्च अधिकारीले स्वदेशमै उपचार गराएको भन्दै खुशी व्यक्त गरेका छन् ।

यता समिक्षाका भाई नरेश संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा प्रत्यारोपण अघि त्रिवि शिक्षण अस्पतालमा रहँदाका र बालुवाटारमा रहँदाका तस्बिरहरु पोष्ट गरेका छन् ।

तस्बिरहरु नरेश संग्रौलाको फेसबुकबाट

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *