तिलगंगा आँखा प्रतिष्ठान, कार्यरत कर्मचारी र साझेदार संस्थाद्धारा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा

0
Shares

काठमाडौँ, १८ भदौ । भोटेकोशी त्रिशुली बाढीबाट प्रभावितको उद्दार राहत र पुर्नस्थापनाका लागि स्वास्थ्य सम्वद्ध संस्थाहरुबाट सहयोग आउने क्रम जारी छ ।

गत मंगलबार आँखा क्षेत्रमा प्रसिद्धि कमाएको तिलगंगा आँखा प्रतिष्ठान र त्यहाँ कार्यरत कर्मचारीहरुबाट संकलित रकम अर्थ मन्त्री डा स्वर्णिम वाग्ले मार्फत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको छ ।

मन्त्रालय स्रोतका अनुसार प्रतिष्ठानले उक्त कोषमा १ करोड १ लाख १ रुपैयाँ तथा प्रतिष्ठानका सम्पूर्ण कर्मचारीहरूको एक दिन बराबरको पारिश्रमिक बापतको ८ लाख ५१ हजार ३५१ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिएको छ।

साथै सोही अवसरमा प्रतिष्ठानको अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन, अष्ट्रेलियाको तर्फबाट उपलव्ध २१ लाख ८१ हजार २ सय रुपैयाँ समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बताइएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल तथा द फ्रेड हलोज फाउण्डेसनका नेपाल प्रतिनिधि एन्जिला दाहाल अर्थ मन्त्रालय पुगेका थिए । उनीहरुले अर्थमन्त्री डा  वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *