प्रत्यारोपण गर्नु अघि : मिर्गौला दाता भान्जी समिक्षा र ग्रहणकर्ता प्रधानमन्त्री ओली (फोटो फिचर)
काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । उनलाई भान्जी समिक्षा संगौलाले मिर्गौला दान गरेकी हुन् ।
प्रत्यारोपण आज विहान १० बजे देखि शुरु भएको थियो । दिउसो ३ बजे तिर सकिएको चिकित्सकहरुले जनाएका थिए । उनीहरुले प्रत्यारोपण निकै राम्रो भएको समेत प्रतिक्रिया दिएका छन् ।
स्वदेशकै सरकारी अस्पतालमा दोस्रो पटक प्रत्यारोपण गराउने निर्णय लिएको आम सर्वसाधारले प्रधानमन्त्री ओलीको प्रशंसा गरेका छन् । उता चिकित्सकहरु समेत उच्च अधिकारीले स्वदेशमै उपचार गराएको भन्दै खुशी व्यक्त गरेका छन् ।
यता समिक्षाका भाई नरेश संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा प्रत्यारोपण अघि त्रिवि शिक्षण अस्पतालमा रहँदाका र बालुवाटारमा रहँदाका तस्बिरहरु पोष्ट गरेका छन् ।
तस्बिरहरु नरेश संग्रौलाको फेसबुकबाट
सम्पर्क इमेल : [email protected]