चीनको वुहानबाट १७५ जना नेपाली लिएर उड्यो विमान, विहान ४ बजे आईपुग्ने

काठमाडौँ, ३ फागुन । चीनको वुहान अन्तराष्ट्रिय विमानस्थलबाट १७५ जना नेपाली बोकेर नेपाल एयरलायन्सको वाइडबडी विमान काठमाडौँका लागि उडेको छ । नेपाल आउन चाहनेको सूचीमा १८५ जना देखिए पनि १० जना उतै रोकिएका छन् ।

बेईजिङस्थित नेपाल दुतावासका अनुसार रोकिएका १० जना मध्ये ६ स्वास्थ्यको कारणले आउन पाएनन् भने ४ जना आफूखुशी आउन चाहेनन् ।

दुतावासले विमानमा १७० जना विद्यार्थी, एक जना कर्मचारी, २ जना भ्रमण गर्न गएका व्यक्ति र २ जना बच्चाहरु गरी १७५ जना सवार रहेको जनाएको छ ।

बुहानबाट विहान नेपाली समय अनुसार रातीको १० ३७ बजे उडेको छ । सो विमान विहानको ४ बजेतिर काठमाडौँ अवतरण हुने दुतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *