‘डा. झालाई रिहा गरियोस’ भन्दै चिकित्सक संघले लेख्यो गृहमन्त्रीलाई चिठी

काठमाडौँ, १२, मंसिर । नेपाल चिकित्सक संघले यौन दुव्र्यवहारको आरोपमा थुनामा रहेका डा रोहित कुमार झालाई तत्काल रिहा गर्न गृहमन्त्री रामबहादुर थापासंग माग गरेको छ । गृहमन्त्री थापाका नाममा दुई पेज लामो पत्र लेख्दै संघले डा झा माथि लागेको आरोप झुठा भएको दावी समेत गरेको छ ।

संघका महासचिव डा लोचन कार्कीद्धारा हस्ताक्षरित पत्रमा विद्यमान संसोधित मुलुकी अपराध सहिता ऐन विपरिरत अस्पताल जस्तो संवेदनील क्षेत्रमा विरामी चेकजाँच गरिरहेको चिकित्सकलाई विना कुनै अनुसन्धान स्वास्थ्य परीक्षण गराई बाहिर गईसकेको विरामीले त्यसपछिको बिरामी जाँच गरिरहेको अवस्थामा परीक्षण कोठा बाहिर हुल हुज्जत गरी जवरजस्ती करणी उदोग गरेको भनि झुठा अभियोगमा चिकित्सकलाई पक्राउ गरिएको ‘ उल्लेख छ ।

हेर्नुहोस गृहमन्त्री थापाका नाममा पठाइएको पत्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *