अनसन तोडन आग्रह गर्दै माथेमा कार्यदलका पदाधिकारी शिक्षण अस्पतालमा

256
Shares

काठमाडौँ, १८ माघ ।  माथेमा कार्यदलका पदाधिकारीहरुले अनशन तोडन गरेको आग्रहलाई डा गोविन्द केसीले अस्विकार गरेका छन् । उनले अहिले पारित भएको विधेयक जनतामारा र विद्यार्थीमारा हो भन्दै कुनै हालतमा नमान्ने घोषणा गरेका छन् ।

त्यसअघि माथेमा कार्यदलका संयोजक प्राध्यापक केदारभक्त माथेमाले विधेयकले केही उपलव्धी हासिल भएको र बाँकीका लागि थप लड्नुपर्ने भन्दै अनशन तोडेर स्वस्थ हुन आग्रह गरेका थिए । जवाफमा डा केसीले टोली समक्ष आफूलाई त्यति बेवकुफ नसम्झन आग्रह गरेका थिए । उनले खड्गप्रसाद ओलीले जनतामारा र विद्यार्थी मारा विधेयक ल्याएको भन्दै आफ्नो सास रहुन्जेल त्यस विरुद्ध लडिराख्ने बताए ।

टोलीमा प्राडा भगवान कोइराला, प्राडा रमेशकान्त अधिकारी लगायतका सदस्यहरु सहभागि थिए ।

माथेमा टोली फर्किए लगत्तै नागरिक अगुवाको रुपमा पूर्व प्रधानन्यायधीश सुशीला कार्की दमननाथ ढुंगाना भोजराज पोखरेल लगायतको टोली डा केसीलाई भेटन अनसनस्थल पुगेका थिए ।

उनीहरुले पनि अनशन तोडन डा केसीसंग आग्रह गरेका थिए । उनले बाँकी लडाईँका लागि आफूहरुको साथ रहेको भन्दै यसपटक आफूहरुको आग्रहलाई मानेर अनशन तोडन भनेका थिए । उनीहरुको आग्रहमा भने डा केसीले केही भनेनन् ।

चिकित्सा शिक्षा विधेयक संघीय संसदको दुबै सदनबाट पास भएपछि डा केसीले आफ्नो अनशनलाई निरन्तरता दिने बताएका थिए । सरकार पनि यथास्थितिमा डा केसीसंग बार्ता नगर्ने मुडमा देखिएको छ ।

सरकारले बार्ता नगर्ने र डा केसीको अनशन लम्बिदै जाँदा स्वास्थ्यमा समस्या पर्नसक्ने भन्दै नागरिक अगुवाहरु अनशन तोडाउन सक्रिय भएका हुन् । उनीहरु अहिले् पनि त्रिवि शिक्षण अस्पतालमा निकासका लागि छलफल गर्दै रहेको बुझिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *