आन्दोलनरत हेल्थ असिस्टेन्ट र सरकारबीच मन्त्रालयमा बार्ता जारी

3.3k
Shares

काठमाडौँ, ३० पुस । सरकार र आन्दोलनरत हेल्थ अस्सिटेन्टबीच स्वास्थ्य मन्त्रालयमा बार्ता भइरहेको छ । अघि दिउसो साढे १२ बजे देखि शुरु भएको बार्ता अहिले पनि जारी छ ।

विहान सरकारी चिकित्सक संघ नेपाल (गोदान)संग बार्ता गरेको उच्चस्तरीय सरकारी टोलीले अहिले हेल्थ असिस्टेन्टहरुसंग बार्ता गरेको हो ।

संघका कार्यवहाक अध्यक्ष दीपेन्द्र खड्काका अनुसार बार्ता सकारात्मक रुपमा अघि बढी रहेको छ ।

‘बार्ता सकारात्मक रुपमा नै अघि बढेको छ । आशा गरौँ आजै निकास निस्कियोस्,’खड्काले भने ।

बार्तामा सरकारका तर्फबाट स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीको संयोजकत्वमा सहसचिवद्धय जनार्दन गुरागाईँ र महेन्द्र श्रेष्ठ सहभागी छन् ।

यस्तै संघका तर्फबाट कार्यवहाक अध्यक्ष खड्का सहित उपाध्यक्षद्धय मेघराज चापागाँई र प्रकाश परियार, केन्द्रीय सदस्यहरु सीता बानिया र उदयकुमार महतो र प्रेम सिंजाली सहितको छ सदस्यीय टोली छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *