अध्ययन भन्छ, ‘वायु प्रदूषणको सोझो असर मानिसको मस्तिष्कमा’

100
Shares

बीबीसी। चार वर्ष लगाएर चीनमा गरिएको एउटा अध्ययनले वायुप्रदूषणका कारण मानिसको मस्तिष्कमा गम्भीर असर पुग्ने देखाएको छ। विभिन्न उमेर समूहका २० हजार महिला तथा पुरुषमाझ भाषा तथा गणितको क्षमता परीक्षण गरिएको थियो।

परीक्षणको नतिजालाई वायुप्रदूषणको स्तरसँग तुलना गरियो।

अनुसन्धानकर्ताहरूले त्यसपछि निकालेको निष्कर्षमा जति धेरै प्रदूषण छ त्यति नै धेरै त्यसले मस्तिष्कको क्षमतामा प्रभाव पारेको देखिएको छ। सबैभन्दा धेरै प्रभाव चाहिँ ६४ वर्ष उमेर कटेको र थोरै शिक्षा प्राप्त पुरुषमा परेको देखियो।

के हुन्छ ?
प्रदूषणले अल्जाइमर्स तथा डिमेन्शियाजस्ता विस्मृति हुने रोगको जोखिम बढाइदिने सो अध्ययनले देखाएको छ।

कतिपय प्रदूषक तत्त्वले मस्तिष्कको रसायनमा विभिन्न प्रकारले सोझो असर पार्छन्। जस्तै : साना प्रदूषक कणसँगै विकारजन्य कण पनि सीधै मस्तिष्कमा प्रवेश गर्न सक्छन्।

कतिपय तत्त्वले चाहिँ मनोवैज्ञानिक असर पार्छन् जसले डिप्रेसन वा नैराश्य उत्पन्न गराउँछ।

अनुसन्धानकर्ताहरूले सो परीक्षणको निष्कर्ष विश्वव्यापी रूपमै सान्दर्भिक रहेको विश्वास गरेका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि झन्डै ९० प्रतिशत मानिसहरू असुरक्षित स्तरको वायुमा सास फेर्न बाध्य छन्।

उसका अनुसार वायुप्रदूषणकै कारण प्रत्येक वर्ष ७० लाख मानिसको अकालमै ज्यान जान्छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *