माइतीघर मण्डलामा डा. केसीको प्रदर्शन

104
Shares


काठमाडौँ, २ असार । त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले मुखमा टेप लगाएर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

स्थानीय प्रशासनले माइतीघर मण्डलाा लगायतका स्थानमा प्रदर्शन गर्न रोक लगाएको भन्दै त्यसको विरोधमा डा. केसीले शनिबार प्रदर्शन गरेका हुन् ।

उनले आफूहरुको आन्दोलनको बलमा लोकमान सिंह कार्की, गोपाल पराजुलीहरु ढलेको तर, उनीहरु त पात्र मात्र भएको बताए । मुख्य पात्र दलका नेताहरु भएको डा. केसीको दाबी छ ।

डा. केसीले भ्रष्टाचार, वेथितीविरुद्ध आफ्नो आन्दोलन जारी रहेको बताए । तर, सरकारले नागरिकको मुख थुन्न माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न रोक लगाएको भन्दै डा. केसीले भने, म ओलीजीलाई भन्छु, हामी आवाज बुलन्द गर्छौं, यहीबाट लड्छौं ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *