बरिष्ठ न्युरो सर्जन डा. देवकोटालाई जन्मथलो गोरखा लगिदै

496
Shares

काठमाडौँ, २६ जेठ । बरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटालाई गोरखा लगिने भएको छ । जन्मघर जाने डा देवकोटाको चाहना अनुसार परिवारले उनलाई गोरखा लैजान लागेको हो । त्यसका लागि हेलिकप्टर आइसकेको छ ।

‘यहाँको हेलिप्याड मर्मतमा रहेकोले गंगालाल हस्पिटल परिसरको हेलिप्याडमा हेलिकप्टर राखिएको छ । अबको केही क्षणमा केही चिकित्सकको टोली र परिवारका सदस्य सहित डा देवकोटा जन्मस्थान गोरखा पुग्नुहुनेछ र आजै फर्काइनेछ,’ अस्पताल स्रोतले भन्यो ।

डा. देवकोटाको जन्मथलो गोरखाको पालुङटार नगरपालिकाको आँप पिपलस्थित पण्डित गाँउमा हो । आँप पिपलस्थित पण्डित गाँउमा रहेको उनको जन्मघरमा गएर पिँढीमा बस्ने  र सिस्नेपानी धाराको पानी खाने उनको इच्छापछि गोरखा लगिन लागिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *