स्वास्थ्य विभाग र मातहतका निकायमा हरेक शुक्रबार सरसफाई हुने

108
Shares

काठमाडौँ, २४ चैत । स्वास्थ्य सेवा विभाग र मातहतका स्वास्थ्य संस्थामा अब हरेक हप्ता सरसफाई हुने भएको छ । विभाग र मातहतका स्वास्थ्यसंस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले हप्ताको एक दिन कम्तीमा एक घण्टा आफ्नो कार्यालय परिषर सफासफाइमा खर्चिने भएका हुन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीका अनुसार अव हरेक हप्ताको शुक्रबार विहान १० देखि ११ बजेसम्म विभाग र त्यसअन्तर्गतका निकायहरुमा सरसफाई गर्ने योजना अघि सारिएको बताए । उनले विभाग क्षेत्रीय स्वास्थ्य, जिल्ला स्वास्थ्य हुँदै प्राथमिक स्वास्थ्य तथा स्थानीय स्वास्थ्य चौकीसम्मलाई यो अभियानमा सरिक हुन आग्रह गरिएको बताए ।

लोहनीले अहिले विभागबाट सरसफाई अभियान शुरु गरिएको भन्दै विस्तारै यो कार्यलाई देशभरका स्वास्थ्य संस्थामा पुरयाउने बताए ।
यसैबीच महानिर्देशक डा लोहनीको अगुवाईमा शुक्रबार विहान १० देखि ११ बजेसम्म विभाग परिषरमा सरसफाइ गरिएको थियो । सरसफाई कार्यक्रममा उप महानिर्देशक चुडामणी भण्डारी सहितका कर्मचारी तथा स्वास्थ्यकर्मी सहभागी थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *