नेपाल औषधि लिमिटेडले बीर अस्पताललाई ३० हजार ट्यावलेट सिटामोल बेच्यो

काठमाडौँ, २३ चैत । नेपाल औषधि लिमिटेडबाट उत्पादित सिटामोल बीर अस्पतालले खरीद गरेको छ । अस्पतालले प्रति गोटा ७७ पैसामा ३० हजार  ट्यावलेट खरीद गरेको हो ।

सरकारी स्वामित्तमा सञ्चालित औषधि लिमिटेडबाट पहिलो ब्याचमा उत्पाददित ५ लाख ट्यावलेट मध्ये ३० हजार  ट्याव्लेट बीर अस्पतालले किनेको हो ।

खरीद गरेको औषधि पुरयाउन नेपाल औषधि लिमिडेटका अध्यक्ष डा लक्ष्मीराज पाठक र महाप्रवन्धक डा रोभसकुशम सुवेदी दुबै बीर अस्पताल पुगेका थिए ।उनीहरुले सबैभन्दा पुरानो र ठूलो केन्द्र केन्दीय अस्पताललाई औषधि विक्री गर्न पाएकोमा खुशी व्यक्त गरे । 

बीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतलले सरकारले उत्पादन गरेको औषधि सरकारी अस्पतालमा प्रयोग गर्न पाउनु खुशीको कुरा भएको बताए । उनले नेपाल औषधि लिमिडेटबाट खरीद गर्दा गुणस्तरीय, खरीद प्रक्रिया सहज र सुलभ भएको बताए ।

‘अहिलेसम्म हामीले बाहिरबाट खरीद गर्नुपर्ने थियो । अब सरकारी स्वामित्वकै कम्पनीबाट औषधि आएपछि हामीलाई झनै सहज हुने भयो । हामी यसअर्थमा खुशी पनि छौँ,’ उनले भने ।

आर्थिक अवस्था डामाडोल भएर बन्द भएको ७ बर्ष पछि नेपाल औषधि लिमिडेट गतवर्षदेखि पुर्न सञ्चालनमा आएको हो । त्यसयता यहाँबाट यसअघि नै ग्लिसिरिन, जीवनजल लगायतका औषधिजन्य वस्तुहरुको उत्पादन भइसकेको छ । महाप्रबन्धक सुवेदीले अबको लक्ष्य अलबन्डाजोल र आइरनचक्की उत्पादन गर्ने भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *