चिकित्सा शिक्षा अध्यादेशको बारेमा दुबै सदनलाई जवाफ दिँदै शिक्षा मन्त्री
काठमाडौँ, २० चैत । चिकित्सा शिक्षा अध्यादेश २०७४ को विरोध गर्दै प्रस्ताव दर्ता भएपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आज संसदमा त्यसको जवाफ दिने भएका छन् ।
गत आइतबार संसदमा दर्ता भएको चिकित्सा शिक्षा अध्यादेश २०७४ को बारेमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध प्रस्ताव दर्ता गरेका छन् ।
उनको विरोध प्रस्ताव चिकित्सा शिक्षा अध्यादेश ल्याउनै हुँदैन भन्ने छ । मन्त्री पोखरेलले आफूले टेवुल गरेको अध्यादेशमा विरोध प्रस्ताव दर्ता गरेपछि त्यसको जवाफ दिने कार्यक्रम भएको बताए । ‘आज प्रतिनिधि सभा र राष्टिय सभा दुबै संसदमा मैले जवाफ दिने कार्यक्रम छ,’ मन्त्री पोखरेलले भने ।
प्रतिस्थापन विधयेक ल्याउने तयारी
यसैबीच आज चिकित्सा शिक्षा अध्यादेशलाई संसोधन सहित अघि बढाउन आजै प्रतिस्थापन विधियेक ल्याउने तयारी छ । स्रोतका अनुसार यसलाई संसोधन गर्न मन्त्रिपरिषद बैठकले प्रतिस्थापन विधियेक ल्याउने तयारी गरेको छ ।
हामी यसको लागि आवश्यक छलफल गरिरहेका छौँ । स्रोतले भन्यो, ‘प्रतिस्थापन विधियेक ल्याएर मात्रै यो अध्यादेश पास हुँनेवाला छ ।’
सम्पर्क इमेल : [email protected]