प्रदेश नम्बर ४ को सामाजिक विकास मन्त्री बनिन् नरदेवी पुन

पोखरा, १३ चैत । प्रदेश नम्बर ४ को सामाजिक विकास मन्त्रीको जिम्मेबारी नरदेवी पुनले पाएकी छन् । प्रदेश सभा सदस्य निर्वाचनमा म्याग्दी ख बाट निर्वाचित उनी एमालेकी हुन् । चार नम्बर प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो विस्तार गरेको मन्त्रिपरिषदमा पुनले सामाजिक विकास मन्त्रीको जिम्मेबारी पाएकी हुन् ।

यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट समानुपातिक सभासद बनेकी ४७ बर्षीया पुन अघिल्लो पटकको केपी ओली नेतृत्वको सरकारमा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी थिइन ।

सामाजिक विकास मन्त्रालयले स्वास्थ्य, शिक्षा, सरसफाइ, महिला तथा युवा, खेलकुद, सामाजिक सुरक्षा, भाषा, संस्कृत र श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छ ।

चार नम्बर प्रदेशको सामाजिक विकास मन्त्री पुन भएसंगै प्रदेशका सात मध्य चारवटा सामाजिक विकास मन्त्रालय एमालेको भागमा परेको छ । दुईवटा प्रदेशको सामाजिक विकास मन्त्रालय माओवादीबाट निर्वाचित सांसद नियुक्त भएका छन् । एउटा प्रदेशको सामाजिक विकास मन्त्रालय भने राष्ट्रिय जनता पार्टीले सम्हालेको छ ।

एमालेको तर्फबाट सामाजिक विकास मन्त्रालय लिनेहरुमा प्रदेश नं १ बाट जीवन घिमिरे, प्रदेश नं ४बाट नरदेवी पुन, प्रदेश नं ६ बाट दल रावल र प्रदेश नं ७ बाट दीर्घ सोडारी छन् ।

यस्तै दुईवटा सामाजिक विकास मन्त्रालय सम्हालेको माओवादी केन्द्रका तर्फबाट प्रदेश नं ३ का युवराज दुलाल र प्रदेश नं ५ का सुदर्शन बराल रहेका छन् । यता प्रदेश नं २ मा भने सामाजिक विकास मन्त्रीको जिम्मेवारी राष्ट्रिय जनता पार्टीका नवल किशोर साहले पाएका छन् । उनी राजपाका बरिष्ठ उपाध्यक्ष समेत हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *