विमान दुर्घटना : मृतकका शव त्रिवि शिक्षण अस्पतालमा, पोष्टमार्टमको तयारी

148
Shares
त्रिवि शिक्षण अस्पतालमा जम्मा गरिएका शवहरु

काठमाडौँ, २९ फागुन । युएस बंगला विमान दुर्घटनाका मृतकहरुको ४९ वटा शव पोष्टमार्टमलागि त्रिवि शिक्षण अस्पताल पुरयाइएको छ । आज केही बेरपछि पोष्टमार्टम गरी परिवार तथा आफन्तलाई शव बुझाउने तयारी भइरहेको छ ।

अधिकांश शवहरु डढेको कारण चिन्न मुस्किल भइरहेको छ । यस्ता शवहरुको डीएनए परीक्षण गरि आफन्तलाई बुझाउने तयारी भएको स्रोतले बतायो । ‘कतिपय त पहिचान गर्न सकिने अवस्थामा छ तर कतिपय भने पूर्ण रुपमा जलेर चिन्न मुस्किल भइरहेको छ,’ फरेन्सिक डिपार्टका एक जना चिकित्सकले भने ।

सोमबार बंगलादेशको राजधानी ढाकाबाट काठमाडौँका लागि उडेको सो विमान दिउसो त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । सो क्रममा ४९ जनाको मृत्यु भएको थियो । बाँकी २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *