प्रेस्किप्सनविना मनोद्धीपक औषधि बिक्री गर्ने फार्मेसी सञ्चालक पक्राउ

436
Shares

काठमाडौँ, २३ माघ । चिकित्सकको प्रेस्क्रिप्सनबिना नियन्त्रित मनोद्वीपक लागूऔषध नाइट्राजेपाम बिक्री गर्ने काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटस्थित सन्देश फार्मेसीका सञ्चालक बुद्ध बज्राचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सन्देश फार्मेसीलाई नाइट्राजेपाम ट्याब्लेट बिक्री वितरण गर्ने ललितपुरको गोदावरी नगरपालिका–१३ का विश्वनाथ खत्रीलाई समेत पक्राउ गरेको छ ।

उक्त फार्मेसीबाट प्रहरीले नाइट्राजेपाम ८० ट्याब्लेट र खत्रीको साथबाट नाइट्राजेपाम ४१० ट्याब्लेट बरामद गरिएको जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *