गैरकानूनी रुपमा चिकित्सकीय अभ्यास गरेका २० जना विदेशी पक्राउ

काठमाडौँ, १५ माघ । गैरकानूनी रुपमा चिकित्सकीय अभ्यास गरेका २० जना विदेशी नागरिक आज राजधानीबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईवी र नेपाल मेडिकल काउन्सिलको संयुक्त अनुगमन टोलीले उनीहरुलाई विभिन्न अस्पतालबाट चिकित्सकीय अभ्यास गरिरहेका बखत पक्राउ गरेको हो ।

काउन्सिलका एक जना सदस्यका अनुसार उनीहरुलाई ठमेलस्थित अपोलो अस्पताल, लैनचौरस्थित सिभिक्ट क्लिनिक र बौद्यस्थित चाइनाग्रेटवाल अस्पतालबाट पक्राउ गरिएको हो ।

ती सदस्यका अनुसार पक्राउ गरिएका मध्ये कुनैपनि व्यक्ति नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकीय अभ्यासका लागि स्वीकृति लिएका छैनन् । ती सदस्यले भने , ‘उनीहरुको डाक्टरकै रुपमा काम गरेको पाइयो तर उनीहरुले काउन्सिलसंग कुनै स्वीकृत लिएका छैनन् ।’

सीआईबीले अनुसन्धान प्रक्रिया नसकिएकाले उनीहरुको नाम सार्वजनिक नगरिएको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *