डा. सन्दुक रुइतलाई भारतको प्रतिष्ठित ‘पद्मश्री’ अवार्ड

काठमाडौँ, १२ माघ । नेपालका चर्चित नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई भारतको प्रतिष्ठित ‘पद्मश्री’ अवार्डबाट सम्मानित हुने भएका छन् । भारतले आज मनाउन लागेको ६९ औँ गणतन्त्र दिवसको अवसरमा डा. रुइतलाई यो अवार्डबाट सम्मान गर्न लागिएको हो ।
तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइतलाई स्वदेशी तथा विदेशी लाखौँ व्यक्तिको आँखा उपचार गरी ज्योति फर्काउन सफल भएको भन्दै यो अवार्डका लागि छनौट गरिएको जनाइएको छ ।
भारत सरकारको चौथो ठूलो मानिने ‘पद्मश्री’ अवार्डबाट अरु विभिन्न क्षेत्रका ३२ जना स्वादेशी तथा विदेशी व्यक्ति सम्मानित हुने उल्लेख छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



