त्रिवि शिक्षण अस्पतालमा डा. गोविन्द केसीको अनसन निरन्तर

56
Shares

काठमाडौँ, २७ पुस । सर्बोच्चको साधारण तारेखमा रिहा भएका डा गोविन्द केसीले अनसनलाई निरन्तरता दिने भएका छन् ।  अदालतबाट रिहा भई हिजो अपरान्ह त्रिवि शिक्षण अस्पताल आएका केसीले आफ्नो पूर्ववत अनसनलाई जारी राख्ने  भएका हुन् ।

उनले अदालतको छानवीनमा परेका प्रधानन्यायधीश गोपाल पराजुलीको राजिनामा, तत्काल चिकित्सा शिक्षा आयोग गठन सहितका अन्य पाँच बुदे माग पुरा नहुँदासम्म अनसन जारी राख्ने बताएका छन् ।

सर्बोच्चले प्रधानन्यायधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र मगाएपछि आन्दोलन स्थगित हुन्छ कि भन्ने अडकल थियो । सोही विषयमा डा केसीले आज विहान आफ्ना निकटस्थसंग छलफल गरेका थिए ।

‘नयाँ परिस्थिति पछि अनसन स्थगित गर्ने कि भन्ने विषयमा छलफल थियो तर राजिना सहितका अन्य माग पुरा नहुँदासम्मका लागि अनसन जारी राख्छु भन्नु भयो,’ डा केसीका सहयोगी अभिशेकराज सिंहले भने ।

सर्बोच्चले चार बर्ष अघिको मुद्धाको फैसला गर्दै आइतवार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डीनमा डा शशी शर्मालाई पुनर्ववहालीको आदेश दिएपछि डा केसी गत सोमबारबाट अनसन बसेका थिए ।

उनले पुर्नवहाली गर्ने गर्ने निर्णय गर्ने प्रधानन्यायधीश पराजुलीको राजिनामा सहित अन्य ५ बुँदे माग अघि सारी आन्दोलन गरेका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *