बहसमा डा. केसीले भने, ‘प्रधानन्यायधीश माथि छानवीन हुनुपर्छ’

52
Shares

काठमाडौँ, २६ पुस । डा. गोविन्द केसीले प्रधानन्यायधीश गोपाल पराजुलीको बारेमा आफूले उठाएको मुद्धामा छानवीन गर्न माग गरेका छन् । केही बेर अघि सकिएको बहसमा डा. केसीले आफूले उठाएको मुद्धामा अडिक रहेको भन्दै छानवीन हुनुपर्ने बताएका हुन् ।

मेरो कुनै याचना छैन । म जेल जान पनि तयार छु तर मैले उठाएका मुद्धामा छानवीन हुनुपर्छ । बहस सकिनु अघि एक मिनेट बोल्न पाएका डा. केसीले न्यायधीश समक्ष भनेका थिए ।

न्यायधीशद्धय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलाशमा आज बहस भएको हो । बहसमा डा. केसीका तर्फबाट १२ जना बढी वकिलले भाग लिएका थिए । सरकारी पक्षबाट ७ जनाले बोलेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *