बयान सकियो बहस भोली शुरु हुने, डा. केसी आज प्रहरी हिरासतमै रहने
काठमाडौँ, २५ पुस । अदालतको अवहेलना मुद्धामा पक्राउ परेका डाक्टर गोविन्द केसीको बयान सकिएको छ । बहस भने भोली सुरु हुने जनाइएको छ ।
डा केसीको मुद्धा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेले हेरिरहेका छन् । आजै बहस सुरु हुने भनिएपनि बयानै ढिलो हुँदा बहस सरेको हो ।
डा केसीका तर्फबाट भोली बहस गर्न अधिबक्ता कृष्णप्रसाद भण्डारी, ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीलगायतले नाम लेखाएका छन् ।
केसीको विपक्षमा रमण श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक बिष्टले बहस गर्नेछन्। बहस नसकिएका कारण डा केसी आज पनि प्रहरी हिरासतमै रहनेछन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



