डा. केसीलाई अदालत लगियो, समर्थकद्धारा माइतीघरमा प्रदर्शन

काठमाडौँ, २५ पुस । सिंहदरबार प्रहरीबृत्तमा राखिएका डा. गोविन्द केसीलाई सर्बोच्च अदालत लगिएको छ । केही समय अघि प्रहरीले कडा सुरक्षाबीच अदालत पुरयाइएको हो । अदालत लैजादै गर्दा डा केसीले आफ्नो लडाई भ्रष्टहरुको विरुद्ध भएको भन्दै त्यसमा आफू नडराउने प्रतिक्रिया दिएका थिए ।
अदालतको अवहेलना गरेको भन्दै सर्बोच्चले आज विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई आदेश दिएको थियो । प्रहरीले सोही आदेश मानेको भन्दै डा केसीलाई हिजो बेलुका ८ बजे नै नियन्त्रणमा लिएको थियो ।
सो को विरोधमा डा केसीका समर्थकहरुले अहिले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



