डा. केसी पक्राउ विरुद्धको प्रदर्शनमा डा. बाबुराम र गगन थापा सहभागी हुने

80
Shares

काठमाडौँ, २५ पुस । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई  डा. गोविन्द केसी पक्राउ गरेको विरोधमा अहिले विहान ८ बजे माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुने भएका छन् । उनले आम सर्वसाधारणहरुलाई प्रदर्शनमा सहभागी हुन फेसबुक मार्फत अपिल समेत गरेका छन् ।

यता कांग्रेस नेता गगन थापाले पनि केसीको अभियानमा आफ्नो समर्थन रहेको भन्दै पक्राउ विरुद्धको पदर्शनमा आफू सहभागी हुने बताएका छन् । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले प्रदर्शनमा सहभागी हुन फेसबुकमार्फत अपिल गरेका छन् ।

आज ९ बजे अदालतमा उपस्थित गराउन सर्बोच्चले आदेश दिएपछि प्रहरीले हिजो बेलुका ८ बजे नै डा केसीलाई पक्राउ गरेको थियो । उनलाई अहिले सिंहदरबार प्रहरी बृत्तमा राखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *